गतिविधिहरु

वन डढेलो सचेतना सप्ताह कार्यक्रम (चैत्र १- चैत्र ७ ) विविध कार्यक्रम ( नियन्त्रित आगलागी अभ्यास, गोष्ठी, अग्निरेखा निर्माण/मर्मत/ सरसफाइ आदि ) गरी मनाउ

वन डढेलो नियन्त्रण सचेतना सप्ताह कार्यक्रम

मिति २०८०/१२/०७ गते बुधबार वन डढेलो नियन्त्रण सचेतना सप्ताहको अन्तिम दिन ” जिल्ला स्तरीय वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया गोष्ठी” मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुवास कुमार लामिछाने ज्यूको अध्यक्षतामा डिभिजन वन कार्यालय, मनाङमा सम्पन्न भयो । जिल्ला स्थित सुरक्षा निकाय, सरकारी कार्यालय समेत ३० जना सहभागी गोष्ठीमा डिभिजनल वन अधिकृत श्री अरुण पराजुली ज्यूले वन डडेलो व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । सो अवसरमा डि.व.अ.बाट तीन वटा सुरक्षा निकायलाई १/१ सेट वन डढेलो नियन्त्रण सामाग्री हस्तान्तरण गरियो ।

डिभिजन वन कार्यालय मनाङमा माननीय मन्त्री ज्यूको भ्रमण

मिति २०८०/०६/२३ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका माननीय मन्त्री दिपेन्द्र बहादुर थापा, सचिव विशाल घिमिरे, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ, उपसचिव घनेन्द्र खनाल, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत, तनहुँ ईन्द्र प्रसाद अधिकारी, डिवअ कास्की पूर्णेश्वर सुवेदी, DNPWC-ACALO का संरक्षण अधिकृत लोकेन्द्र अधिकारी, ACAP का PC डा. रविन कडरिया, USAID (जल जंगल) आयोजनाका गण्डकी प्रमुख मान बहादुर विक लगायत मन्त्रालय/आयोजनाका कर्मचारी सम्मिलित करिव ३५ जनाको टोलीले मनाङ जिल्ला को भ्रमणको क्रममा यस कार्यालयको भ्रमण गर्नुभयो । यस क्रममा कार्यालयको प्रगति र काम कारवाहीको जानकारी लिई मन्त्रीज्यू र सचिवज्यूले हौसला र निर्देशन दिनु भयो । कार्यालयको भ्रमण गरी कर्मचारीहरुको मनोबल बढाईदिनु भएकोमा मा. मन्त्रीज्यू , सचिवज्यू र निर्देशकज्यूलाई हार्दिक आभार प्रकट गर्दछौ ।

Leave a Reply

Your email address will not be published.

डिभिजन वन कार्यालय, मनाङ © 2019 | Design and Developed by : Vision Computer Sewa - ९८४६०८४३१५ | Email: visioncomputersewa@gmail.com